ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

महिन्द्रा गाडी खरीदमा ७० प्रतिशतसम्म फाइनान्स सुविधा

२०७९ साउन, २६  
बजार
NA
author avatar अभियान संवाददाता


काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारीसाधनमा ७० प्रतिशतसम्म फाइनान्स सुविधा ल्याएको छ । व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोगका लागि बजारको पछिल्लो समस्यालाई दृष्टिगत गर्दै उक्त योजना ल्याइएको कम्पनीले बताएको छ ।

त्यसका लागि कम्पनीले अग्नि हायर पर्चेज प्रालिसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकलाई झन्झटरहित फाइनान्स सेवा प्रदान गरिने कम्पनीको भनाइ छ ।

आवश्यक कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएमा ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा संस्थागत खरीदकर्तातर्फ ७० प्रतिशतसम्म र व्यक्तिगततर्फ ५० प्रतिशतसम्म रहेको कम्पनीले जानकारी दिएको छ । फाइनान्स सुविधाको अधिकतम अवधि ५ वर्षसम्म रहने बताइएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement