ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

मुस्ताङको स्याउ भण्डारका लागि ‘कोल्डस्टोर’को व्यवस्था

२०७९ साउन, २६  
गण्डकी प्रदेश
NA

मुस्ताङ । रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएको छ । यससँगै नेपाली उपभोक्ताले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।

मुस्ताङका स्याउ उत्पादक कृषकहरूले आर्थिक वर्ष २०७७/७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरीद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो ।

मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले रू. १६ लाखको कोल्डस्टोर खरीद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आएका छन् । उनले एप्पल जोन कार्यक्रमबाट रू. ८ लाख अनुदान पाएपछि रू. आठ लाख थपेर कोल्डस्टोर निर्माण गरिएको जानकारी दिए । ‘कोल्डस्टोर नहुँदा विक्री नभएका स्याउ कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो, तर अब त्यो समस्या हटेको छ,’ उनले भने । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement