ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

रिलायन्स लाइफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन सम्पन्न

२०७९ साउन, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कम्पनीले  विभिन्न क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित वरिष्ठ व्यवस्थापकसहितको उपस्थितिमा चितवनमा सम्मेलन सम्पन्न गरेको हो । सम्मेलनमा कम्पनीले आगामी १ वर्षभित्र गर्नुपर्ने कामहरू, कम्पनीको व्यापारिक धारणा र सहभागीहरूबाट आएका सुझावहरू सम्बन्धमा छलफल गरिएको थियो ।

आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै कम्पनीको इन्स्योरेन्स बजार विस्तार कसरी गर्ने लगायतका विषयमा समेत छलफल गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले केन्द्रीय कार्यालयसहित मुलुकभर १२४ शाखामार्फत बीमा कारोबार गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले विशेष लक्ष्य लिएर एकै ठाउँमा भेला भई आगामी वर्षको योजनाका लागि छलफल गरिएको बताए ।

कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले कम्पनीको आगामी व्यावसायिक रणनीति र विगत वर्षको व्यावसायिक अवस्थाको समीक्षा गरे । दुई दिन चलेको सम्मेलनमा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रीय कार्यालय लगायतलाई विभिन्न व्यावसायिक उपलब्धिको आधारमा सम्मान समेत गरिएको थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement