ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसद्वारा दुई नयाँ कार्ड सञ्चालन

२०७९ साउन, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा दुई नयाँ कार्ड सञ्चालनमा ल्याएका छन् । दुवै संस्थाले ग्राहकका लागि हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड सार्वजनिक गरेका हुन् ।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसामानका खरीदकर्ताले प्रयोग गर्न सक्नेछन् । त्यस्तै हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीका लक्षित गरी जारी गरिने बैंकले बताएको छ । उक्त कार्ड प्रयोगकर्ताले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छूटहरू पाउन सक्ने कम्पनीको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले विभिन्न वर्गका ग्राहकलाई लक्षित गरी दुईओटा नयाँ कार्ड सञ्चालनमा ल्याइएको बताए । अमेरिकन एक्सप्रेससँग हिमालयन बैंकको लामो समयदेखि सम्बन्ध रहेको भन्दै उनले उक्त कार्डहरूले विभिन्न मुलुक भ्रमण गर्ने ग्राहकलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

अमेरिकन एक्सप्रेस दक्षिण एसियाका भाइस प्रेसिडेन्ट तथा व्यापार प्रमुख (नेटवर्क पार्टनरसिप) दिव्या जैनले नेपालमा अमेरिकन एक्सप्रेसका दुईओटा नयाँ कार्डहरूको सञ्चालन  गर्न पाउँदा उत्साहित भएको बताए ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement