ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

समृद्धि फाइनान्सद्वारा शैक्षिक सामग्री सहयोग

२०७९ साउन, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चितवन । समृद्धि फाइनान्स लिमिटेडको नारायणगढ शाखाले भरतपुरको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभुत विद्यालयलाई शैक्षिक  सामग्री सहयोग गरेको हो ।

विद्यालयमा कार्यक्रम गर्दै ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको कम्पनीका शाखा प्रबन्धक विकास सापकोटाले जानकारी दिए । ‘यसअघि हामीले रक्तदान, सरसफाइ, ज्येष्ठ नागरिक सम्मान, वृक्षरोपण गरेका थियौं,’ उनले भने, ‘अहिले विपन्न विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरेका छौं ।’ हालसम्म देशका ६ ओटा शाखाबाट सेवा सञ्चालन गर्दै आएको कम्पनीले इटहरी र जनकपुरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरेको छ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement