ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

आम्दानी ५० % ले घटेपछि तीन महीनामा अलिबाबाले गर्‍यो १० हजार कर्मचारी कटौती

२०७९ साउन, २६  
अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

पेचिङ (चीन) । चिनियाँ ई–कमर्श कम्पनी अलिबाबा ग्रुपले झन्डै १० हजार कर्मचारीलाई कामबाट निकालेको छ । 
सञ्चार माध्यमहरुले छापेको समाचारहरु पत्याउने हो भने कम्पनीले तीन महीनाभित्रै ९ हजार २४१ जना कर्मचारीलाई बर्खास्त गरेको हो । जुनमा कम्पनीको खूद आम्दानी ५० प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएपछि कम्पनीले जुन त्रैमासमा सो संख्यामा कर्मचारी कटौती गरेको हो । 

विक्री घटेको तथा चीनको अर्थतन्त्र सुस्ताइरहेको समयमा खर्च कटौतीका उपाय अन्तर्गत कम्पनीले कर्मचारी कटौती गरेको हो । यो कटौतीसँगै कम्पनीको समग्र कर्मचारी संख्या २ लाख ४५ हजार ७०० आसपास आएको छ । 
जुन त्रैमासमा कम्पनीको खूद आम्दानी २२ अर्ब ७४ करोड युआन (३ अर्ब ४० करोड डलर) रहेको छ । यो गत वर्षको सोही त्रैमासको तुलनामा आधा हो । गत वर्षको अप्रिल–जुन त्रैमासमा कम्पनीको खूद मुनाफा ४५ अर्ब १४ करोड युआन थियो । एजेन्सी

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement