ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

समृद्धि फाइनान्सको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा 

२०७९ साउन, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २६, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ ।

कम्पनीले साउन २६ गतेदेखि उक्त संस्थापक शेयर विक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरूले भदौ २ गते कार्यालय समयसम्म आवेदन पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि न्यूनम मूल्य प्रतिकित्ता रू. १ सय तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याका लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement