ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

रिचेत जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

२०७९ साउन, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २६, काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले  आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि १ लाख २२ हजार २२३ दशमलव ५७ कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनआईबिएल एस कयापिटललाई नियुक्त गरेको छ । 

सम्झौतापत्रमा साउन २५ गते कम्पनीका अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआईबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर–१५ महालक्ष्मीस्थानमा छ । कम्पनीले गोर्खा जिल्लाको रिचेत खोलामा पाँच मेगावाट क्षमताको जलविद्यत् आयोजना निर्माण गरिरहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement