ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

१५ वित्त कम्पनीहरूले कमाए १ अर्ब ३३ करोडभन्दा बढी नाफा, कसकाे कति ?

२०७९ साउन, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेप्सेमा सूचीकृत १५ वित्त कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार १५ वित्त कम्पनीहरूले कुल रू. १ अर्ब ३३ करोडभन्दा बढी नाफा कमाएका छन् । यी कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. १ अर्ब ८६ करोड नाफा कमाएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सबै कम्पनीको औसत नाफा भने २८ दशमलव २४ प्रतिशत घटेको छ । 

१५ कम्पनीमध्ये सबैभन्दा बढी नाफा आइसिएफसि फाइनान्सले कमाएको छ । यस कम्पनीले गत आवमा रू. २० करोड नाफा कमाएको हो । त्यसैगरी दोस्रोमा गुडविल फाइनान्सले रू. १८ करोड ८५ लाख नाफा कमाएको छ । सबैभन्दा कम नाफा मल्टीपर्पस फाइनान्सको रू. ४० लाख ८७ हजार रहेको छ । 


त्यसैगरी अघिल्लो आवको तुलनामा गत आवमा वित्तीय विवरण सार्वजनिक गरेका १५ कम्पनीमध्ये प्रतिशतका आधारमा सबैभन्दा बढी गुडविल फाइनान्सको नाफा १०२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ८ करोड २३ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. १६ करोड ७२ लाख पुगेको हो । त्यसैगरी दोस्रोमा नेपाल फाइनान्सको नाफा ८५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. २ करोड ६२ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ४ करोड ८५ लाख पुगेको हो । 

वित्तीय विवरण सार्वजनिक गरेका १५ कम्पनीमध्ये ५ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ भने बाँकी १० कम्पनीको नाफा घटेको हो । सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ७८ प्रतिशत घटेको छ । अघिल्लो आवमा कम्पनीले रू. ४९ करोड ७२ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. १० करोड ८४ लाखमा झरेको छ । त्यसैगरी दोस्रोमा मल्टीपर्पस फाइनान्सको खुद नाफा ७१ प्रतिशत घटेको छ ।

कसले कति कमाए ?

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement