ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

अभियान लघुवित्तको आईपीओ सोमवार बाँडफाँट, ९१ हजार ३७५ जनाले मात्रै शेयर पाउने

२०७९ साउन, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २६, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी सोमवार बाँडफाँट हुने भएको छ । आईपीओ बाँडफाँट विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नक्सालमा हुनेछ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा २५ दशमलव २९ गुणा बढी आवेदन परेको छ । यस आधारमा कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ ।

बाँडफाँटपछि ९१ हजार ३७५ जना आवेदकले मात्रै शेयर पाउनेछन् । कम्पनीले रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । 

कम्पनीले निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्युअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement