ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

जनैपूर्णिमा र गाईजात्राले असनमा बढ्याे चहलपहल, डोरो–जनै किन्नेको भीड  (फाेटाे फिचर)

२०७९ साउन, २६  
फोटो फिचर
Image Not Found
author avatar सुनिल शर्मा

साउन २६, काठमाडौं । कोही डोरो–जनै बेचिरहेका छन् त कोही क्वाँती । कोही भने राखी छान्न व्यस्त छन् । गाईजात्राको शृंगार सामान किनबेच गर्नेहरू पनि ठाउँठाउँमा देखिन्छन् । काठमाडौंको असन बजारमा बिहीवार दिउँसो देखिएको दृश्य हो यो । 

डोरो, राखी, क्वाँती लगायतका सामान किन्नेहरू आएपछि असनमा बिहीबार चहलपहल बढेको छ । कारण हो– जनैपूर्णिमा र गाईजात्रा पर्व । यस वर्षको जनैपूर्णिमा र गाईजात्रा पर्व शुक्रवार (भोलि) परेको छ । 

गाईजात्रा र जनैपूर्णिमाका लागि आवश्यक सामान ग्राहक आएपछि असनमा चहलपहल बढेको व्यापारीहरू बताउँछन् । 

जनैपूर्णिमामा ११ थरिका गेडागुडीलाई टुसा उमारेर बनाइएको क्वाँती खाइन्छ । 


 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement