ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

प्राध्यापकलाई प्रधानमन्त्रीको सुझाव - विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गरौं

२०७९ साउन, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै देउवाले यस्तो  बताउनुभएको हो । 

उहाँले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताउँदै विश्वविद्यालयहरूले अन्तरराष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको हो । 

उहाँले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धी बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगी, रोजगारमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement