ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

काठमाडौंमा कति पर्छ डोरो–जनैको मूल्य ? 

२०७९ साउन, २६  
समाचार
Image Not Found
काठमाडाैंकाे असनमा डोरो छान्दै ग्राहकहरू ।
author avatar अभियान संवाददाता

साउन २६, काठमाडौं । हिन्दु धर्मावलम्बीले शुक्रवार (भाेलि) जनैपूर्णिमा पर्व मनाउने भएका छन् । पर्व नजिकिएसँगै काठमाडौंलगायत ठाउँमा डोरो, जनैलगायतका सामान किन्नेको भीड लागेको छ । 

काठमाडौं असनका व्यापारीहरूका अनुसार प्रतिगोटा जनैको १०, प्रतिडल्ला डोरोको ५०–१०० र प्रतिगोटा राखीको ३०–२०० रूपैयाँ तोकिएको छ । यस्तै, प्रतिप्याकेट क्वाँतीको २०० र प्रतिसेट गाईजात्रा श्रृंगार सामग्रीको २००–४५० रूपैयाँ पर्ने गरेको व्यापारीहरू बताउँछन् । 

जनैपूर्णिमाकाे दिन हातमा डोरो लगाउने गरिन्छ । व्रतबन्ध गरेका पुरुषले भने नयाँ जनै धारण गर्ने परम्परा छ । यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई राखीसमेत लगाउने गरेका छन् । भारतमा रहेको यो चलन पछिल्लो समय नेपालमा पनि मनाउन थालिएकाे हो । 

 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement