ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

१० दिनदेखि भारतमा चिया निकासी भएन, निर्यात वातावरण बनाउन व्यवसायीको आग्रह

२०७९ साउन, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २६, काठमाडौं । भारतमा १० दिनदेखि चिया निकासी रोकिएपछि व्यवसायीले निर्यात वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । 

काठमाडौंमा बिहीवार आयोजना गरिएको कार्यक्रममा सूर्याेदय टि प्रोड्युसर एसोसिएसनका अध्यक्ष उत्तम श्रेष्ठले भारतमा चिया निर्यातको वातावरण बनाइदिन अपील गरेका हुन् । चिया निर्यातले नेपालको व्यापारघाटा कम गरेकाले यसलाई बढावा दिनुपर्ने उनले जोड दिए । 

भारतको तल्लो र माथिल्लो सदनमा नेपाली चिया ‘गुणस्तरहीन’ भएकाले आयात रोक्नुपर्ने कुरा उठाएपछि १० दिनयता नेपाली चिया भारत निकासी हुन सकेको छैन । त्यहाँका सांसदहरूले भारतीय चियालाई असर गरेको  भन्दै नेपालको चिया पूर्णरूपमा बन्देज गर्नुपर्ने वा शतप्रतिशत करको दायरामा ल्याउनुपर्ने कुरा उठाएका थिए । 

यसतर्फ नेपाल सरकारले समयमै ध्यान दिनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । साथै उनले नेपाली चियालाई अन्तरराष्ट्रिय बजारमा लैजानका लागि पहल गर्न अनुरोधसमेत गरे । 

चिया व्यवसायी पुनम राईले भारतीय सांसदहरूले नेपाली चिया ‘गुणस्तरहीन’ भन्दै झुटो कुरा फैलाइरहेको आरोप लगाए । उनले नेपाली चिया भारतको सेन्ट्रल फुड ल्याब्रोटरीमा परीक्षण गरेपछि मात्रै भारत निर्यात हुने भएकाले चिया ‘गुणस्तरहीन’ भन्नु झुटो रहेको दाबी गरे । भारतीय सांसदहरूले नेपाली चियामा ४० देखि १०० प्रतिशतसम्म कर लगाउन मागसमेत गरेको उनले बताए । 

नेपालले गत आर्थिक वर्षमा १ करोड २० लाख किलोग्राम चिया भारत निर्यात गरेको छ, जसको मूल्य २ अर्ब ९८ करोड रूपैयाँ रहेको छ । यस्तै, नेपालबाट २८ हजार ७४० किलोग्राम ग्रिन टी भारत निर्यात गरिएको छ । यसको मूल्य १ करोड ५४ लाख रूपैयाँ रहेको छ । 

नेपाली चिया भारतसँग, जापान, जर्मनीलगायत देशमा निर्यात भइरहेको छ । नेपालमा वार्षिक ३ करोड ६० लाख किलोग्राम हरियो पत्ती उत्पादन हुने गरेको छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement