ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

विराटनगर र इटहरीमा महिन्द्राको इलेक्ट्रिक अटो ‘ट्रियो’ सार्वजनिक

२०७९ साउन, २७  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रूपले विराटनगर र इटहरीमा थ्री ह्वीलर इलेक्ट्रिक अटो ‘ट्रियो’ सार्वजनिक गरेको छ । लिथियम–आयोन ब्याट्रीसहितको ‘ट्रियो’ सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त अटोले यसअघि चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम लगायतका ठाउँमा ग्राहकको मन जितेकाले थप ठाउँमा सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

विराटनगर र इटहरीका लागि कम्पनीको आधिकारिक विक्रेता रोयल अटो इन्टरप्राइजेजका प्रबन्ध निर्देशक किरण भट्टराईले महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयतासहितको लाभ लिन सक्ने बताए । ‘नेपाल दु्रत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री र दिगोपनको एजेन्डा अपनाएको छ,’ उनले भने, ‘नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्दै आएकाले हाम्रो विद्युतीय थ्री ह्वीलर सवारीसाधनको शुभारम्भ गर्ने सही समय भएको छ ।’

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement