ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एक वर्षमा स्वाबलम्बन लघुवित्तले कमायो ७० करोडभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

२०७९ साउन, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २७, काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ७० करोड ६ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १३ प्रतिशत बढी हाे ।

कम्पनीले अघिल्लो आवमा रू. ६१ करोड ९४ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा १४/१४ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले रू. १४ करोड ७१ लाख खराब कर्जा उठाएकाे छ । 

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने गत आवमा कम्पनीले जगेडामा रू. २ अर्ब २५ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ५ अर्ब ४४ करोड सापटी लिएर, रू. ११ अर्ब ९९ करोड निक्षेप संकलन गरेर रू. १९ अर्ब २१ करोड कर्जा लगानी गरेको हो ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६२ दशमलव ४३, मूल्य आम्दानी अनुपात १८ दशमलव ७२ गुणा, तरलता अनुपात ६ दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३०० दशमलव ८७ रहेको छ । हालसम्ममा कम्पनीले १४५ शाखा कार्यालयहरूमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement