ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

प्रयोगकर्तालाई झुक्याएको भन्दै अष्ट्रेलियाको अदालतले गुगललाई तिरायो ४ करोड २७ लाख डलर 

२०७९ साउन, २७  
प्रविधि अन्तरराष्ट्रिय
Image Not Found

सिड्नी (अष्ट्रेलिया) । प्रयोगकर्ताहरूलाई झुक्याएको भन्दै अष्ट्रेलियाको एउटा अदालतले अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगललाई जरिवाना तिर्न आदेश दिएको छ ।

पर्सनल लोकेशनसम्बन्धी डेटा संकलन मामिलामा प्रयोगकर्तालाई भ्रममा राखेको भन्दै त्यहाँको संघीय अदालतले कम्पनीलाई ६ करोड अष्ट्रेलियाली डलर (४ करोड २७ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको प्रतिस्पर्धा हेर्ने निकायले शुक्रवार बताएको हो ।

गुगलले केही प्रयोगकर्ताहरूलाई सन् २०१७ को जनवरीदेखि सन् २०१८ को डिसेम्बरको बीचमा एन्ड्रोइडमार्फत संकलन गरिएको व्यक्तिगत स्थान डेटाको विषयमा भ्रमममा राखेको अदालतले पाएको छ । फोनमा भएको लाेकेशन हिस्ट्रीबाट मात्रै कम्पनीले प्रयोगकर्ताको लोकेशनसम्बन्धी डेटा संकलन गर्छ भन्ने विश्वासमा गुगलका प्रयोगकर्ता थिए ।

तर, वेब र एप गतिविधिको निरीक्षण गर्ने फिचरबाट पनि लाेकेशन डेटा संकलन र भन्डार गर्न मिल्ने पाइएको अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (एसीसीसी)ले भनेको छ । नियामकले यस मामिलामा सन् २०१९ को अक्टोबरमा गुगल र गुगलको स्थानीय एकाईमाथि छानबिन शुरु गरेको थियो ।

यस क्रममा करीब १३ लाख गुगल खाता प्रयोगकर्ताहरूलाई भ्रममा राखेको हुन सक्ने एसीसीसीको अनुमान छ । कम्पनीले सन् २०१८ मै यो समस्या समाधान गर्ने उपाय अपनाएको थियो । गएका केही वर्षहरूमा अष्ट्रेलियामा गुगल कयौं पटक कानूनी झमेलामा फसेको छ । एजेन्सी

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement