ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

माउन्टेन हाइड्रोको खुद नाफा ८ गुणा वृद्धि 

२०७९ साउन, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २७, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म माउण्टेन हाइड्रो नेपाल लिमिटेडले रू. १४ करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७ दशमलव ७८ गुणा बढेको हो । अघिल्लो आवमा कम्पनीले रू. १ करोड ८६ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । 

गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी १४ दशमलव २० प्रतिशत बढी अर्थात् रू. ६० करोड ८१ लाख भएको छ भने वित्तीय खर्च १६ दशमलव ६६ प्रतिशत कम अर्थात् रू. २६ करोड ५४ लाखभन्दा बढी मात्र भएको छ । वित्तीय खर्च कम हुँदा कम्पनीको सञ्चालनबाट आम्दानी २८ दशमलव ११ प्रतिशत बढी अर्थात् रू. ४० करोड २९ लाख भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड रहेको छ । अघिल्लो आवमा रू. १४ करोड ५ लाखभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम गत आवमा सुधारिएर रू. ४२ लाखभन्दा बढी कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ५८ र प्रतिशेयर नेटवर्थ रू. १०० दशमलव ३४ रहेको छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement