ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

इन्टरमोडल समिति अब प्राधिकरण

२०७९ साउन, २९  
१० वर्ष अघि
NA

नेपाल इन्टरमोडल यातायात विकास समिति प्राधिकरण बन्ने भएको छ । सहज कार्य सञ्चालन तथा स्वनियमनका लागि प्राधिकरणमा परिणत हुन आवश्यक भएकाले त्यसको तयारीमा लागेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरदविक्रम राणाले अभियानलाई बताए । ‘यसका लागि प्राधिकरणको ऐन मस्यौदा तयार भएर मन्त्रालयमा पुगेको छ । त्यहाँबाट विधेयकका रूपमा संसदमा पेश गर्ने तयारीमा छौं,’ राणाले भने ।

समिति नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत मन्त्रालयका सचिवको संयोजकत्वमा तथा निजीक्षेत्रका सहभागितामा बनेको हो । यसले आयातनिर्यातलाई सहज बनाउन तथा सामान ढुवानीको लागत घटाउनका लागि काम गर्दै आएको बताइएको छ ।

 अहिलेको अवस्थामा सुक्खा बन्दरगाह निर्माण र त्यसको शुल्क नियमनलगायतका काम पनि गर्दै आएको छ । इन्टरमोडलबाट शुरू गरेको यातायात सेवालाई चाँडै नै मल्टिमोडल प्रक्रियामा लैजाने उद्देश्य समितिको छ । राणाका अनुसार हाल इन्टरमोडल प्रक्रिया झन्झटिलो भएको महसूस भएपछि त्यसलाई मल्टिमोडलबाट सञ्चालन गर्न लागिएको हो । यसका लागि आवश्यक बहुविधि ऐन बनेको करीब ७–८ महीना भइसकेको छ । मल्टिमोडल सञ्चालनका लागि अहिलेसम्म निजीक्षेत्रबाट एउटामात्र मल्टिमोडल अपरेटर दर्ता भएको रणाले जानकारी दिए । समितिले कृष्णनगरमा सुक्खा बन्दरगाहको निर्माण प्रक्रिया अघि बढाइसकेको छ । ‘अहिले नै विश्वभरि नै वस्तुको लागतमा कमी ल्याउने होडबाजी छ । हामीले अघि सारेको अवधारणा पनि यातायात खर्च घटाएर उपभोक्तामा पुग्ने वस्तुको मूल्य घटाउनु हो,’ उनले भने ।

वर्ष ६ अंक १५, सोमवार, ४ असोज, २०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement