ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

युवामैत्री स्थानीय शासन विस्तार गरिने

२०७९ साउन, २९  
विविध
NA

काठमाडौं । लगानी र क्षमतावृद्धिसहित युवामैत्री स्थानीय शासन अभियानलाई विस्तार गरिने भएको छ । ‘युवामैत्री विश्व निर्माणमा अन्तरपुस्ता एक्यबद्धता’ नाराका साथ मनाइएको अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा युवामैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे शनिवार आयोजित छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।

सो अवसरमा मुलुकको समग्र विकासमा युवामैत्री स्थानीय शासनको आवश्यकतालाई ध्यान दिएर राष्ट्रिय युवा परिषद्, जागृति बाल  तथा युवा सरोकार नेपाल, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) र राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको संयुक्त प्रयासमा अभियानलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । अभियानअन्तर्गत तीन सयभन्दा बढी सरोकारवालाको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement