ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आयोजना प्रभावितलाई आईपीओ निष्कासन गर्ने

२०७९ साउन, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, काठमाडाै । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाबासीका लागि निष्कासन गर्न लागेको हो । 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिभित्र माग अनुसार आवेदन नपरे असोज ५ गतेसम्म समय थप गर्ने बताइएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकले तोकेका बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्यता प्राप्त गरेका सम्पूणर् बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आईपीओका लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंक भोजपुर शाखाका साथै प्रभु बैंक हतुवागढीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर-एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ । कम्पनीले भोजपुर जिल्लामा ५००० किलोवाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरी २०७६ जेठ २७ गतेबाट विद्युत उत्पादन गरी विक्री गरिरहेको छ । 

वास्तविक वित्तीय विवरण अनुसार २०७७/०७८ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ३३ पैसा छ भने वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनी उक्त समयसम्म १३ करोड ७२ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement