ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सिद्धार्थ क्यापिटलले सञ्चालनमा ल्याएका दुई योजनाको बुक क्लोज हुने 

२०७९ साउन, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएका दुई योजनाको बुक क्लोज हुने भएको छ । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले भदौ ७ गते इकाईधनी दर्ता किताब बन्द गर्ने भएका हुन् ।

सिद्धार्थ इक्विटी फण्डले इकाईधनीलाई ९ प्रतिशत प्रतिफत वितरण गर्न बुक क्लोज गर्न लागेको हो । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले १० प्रतिशत प्रतिफल दिन बुक क्लोज गर्न लागेको हो । भदौ ६ गतेसम्म यी दुई योजनाको इकाई खरीद गर्ने लगानीकर्ताले उक्त प्रतिफल प्राप्त गर्न सक्नेछन् । 

सिद्धार्थ इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९ का लागि इकाईधनीलाई १३ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्न लागेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले गत आर्थिक वर्ष २०७८/०७९ का लागि इकाईधनीलाई १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्न प्रस्ताव गरेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement