ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

वित्तीय खर्च उल्लेख्य बढ्दा ३५ प्रतिशतभन्दा बढीले घट्यो ङादी ग्रुप पावरको नाफा 

२०७९ साउन, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन २९, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ङादी ग्रुप पावर लिमिटेडले रू. ७ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३५ दशमलव १९ प्रतिशत कम हो ।

अघिल्लो आवको यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ११ करोड ७४ लाखभन्दा बढी थियो । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ४४ दशमलव ४५ प्रतिशत बढी अर्थात् रू. १२ करोड ७५ लाख भएको छ । विद्युत् विक्री आम्दानी बढे पनि कम्पनीको व्यवस्थापकीयसँगै वित्तीय खर्च बढ्दा नाफा घट्न पुगेको हो ।

अघिल्लो आवमा रू. ५८ लाखभन्दा बढी मात्र व्यवस्थापकीय खर्च गरेको कम्पनीले गत आवमा भने रू. १ करोड ६८ लाखभन्दा बढी खर्च गरेको छ । त्यस्तै अघिल्लो आवमा रू. २ करोड १३ लाखभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले गत आवमा रू. ६ करोड ९० लाखभन्दा बढी खर्च गरेको छ ।

कम्पनीको सञ्चालन नाफा भने अघिल्लो आवभन्दा ८ दशमलव ७८ प्रतिशत कम अर्थात् रू. १७ करोड ९९ लाखभन्दा बढी भएको छ । २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ७० करोड ६९ लाखभन्दा बढी पुर्‍याएको कम्पनीले सोही पूँजीको आधारमा १५० प्रतिशत हकप्रद शेयर विक्री गरिरहेको छ ।

कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्मका लागि उक्त हकप्रद शेयर विक्री खुला गरेको छ । हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार पुग्नेछ । गत चौथो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो आवभन्दा ३६ दशमलव ३१ प्रतिशत घटेर रू. ८ करोड ३४ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव ७७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ८० रहेको छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement