ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तयारी विनाको पोशाक निर्यात

२०७९ साउन, ३०  
१० वर्ष अघि
NA

नेपाली तयारी पोशाकको निर्यात बढ्ने क्रम फेरि शुरू भएको छ । लगातार पाँच वर्षसम्म घट्दो क्रममा रहेको यसको निर्यात सन् २००८/०९ मा ३२ प्रतिशतले वृद्धि हुनुले नयाँ बजारको सम्भावनालाई संकेत गरेको छ । अहिले भएको निर्यात वृद्धिको मूल कारक ७ वटा देशहरू जर्मनी, फ्रान्स, स्पेन, इटाली, जापान, क्यानाडा र भारतले दिएको भन्साररहित निर्यात सुविधा नै हो ।

संयुक्त राज्य अमेरिकातर्फको निर्यातमा कमी आउनुको कारण सन् २००५ जनवरीदेखि उसले दिएको कोटा सुविधा बन्द गर्नु हो । यूरोपीय संघले केही अल्पविकसित मुलुकलाई दिँदै आएको डेरोगेशन कानूनका केही शर्तहरू छूट दिने सुविधाका कारण यूरोपतर्फको नेपाली तयारी पोशाक निर्यात बढेको हो । यो सुविधा पनि सन् २०१० को अन्त्यमा सकिँदै छ । यदि त्यस्तो सुविधाको समयसीमा बढ्न नसक्ने हो भने नेपाली तयारी पोशाक निर्यात केही महिनाभित्रै फेरि ठूलो परिमाणले घट्ने निश्चित छ । झन्डै ६ अर्ब रुपैयाँको लगानी रहेको तयारी पोशाक उद्योगको भविष्य सधैं यसरी अन्योलग्रस्त रहनुमा मूलतः यस उद्योगमा संलग्न लगानीकर्ता र व्यवसायीहरूको तदर्थवादी कार्यशैली धेरै हदसम्म जिम्मेवार छ । पहिलो कुरा कुनै देशले खासखास सुविधा दिँदा निर्यात गर्न सक्ने प्रतिस्पर्धी क्षमताले सधैं अनिश्चिततालाई नै आमन्त्रण गर्छ ।

(सम्पादकीयबाट)
वर्ष ६ अंक १५, सोमवार, ४ असोज, २०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement