ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चक्रपथमा थप दुई आकाशेपुल

२०७९ साउन, ३१  
१० वर्ष अघि
NA

चक्रपथको माछापोखरी र नयाँ बसपार्क क्षेत्रमा दुईवटा आकाशेपुल बन्ने भएका छन् । यो क्षेत्रमा सवारी चाप अत्यधिक हुनुका साथै पुल बनाउन आवश्यक ठाउँसमेत भएकाले निर्माणका लागि प्रस्ताव गरिएको काठमाडौं महानगरपालिका शहरी विकास विभागका इन्जिनीयर सुरज शाक्यले बताए । ती पुल निर्माणको जिम्मा महानगरपालिकाले इन्नोभेटिभ कन्सेप्ट नेपाल प्रालिलाई दिएको छ । महानगरपालिका र प्रालिबीच ती दुई पुलका लागि १८ वर्षको सम्झौता भएको छ । निर्माण कम्पनीले पुलको अनुमानित लागत रू. ९ करोडदेखि रू. ९ करोड ३० लाखबीचमा रहेको जानकारी दिएको छ ।

शाक्यका अनुसार दुवै पुल सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुनेछन् । सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार निर्माण कम्पनीले भाडाबापत आउने रकम निश्चित समयसम्म लिन पाउँछ । निर्माण कम्पनीका प्रबन्ध निर्देशक मनोज भेटवालले कम्पनीले २५ दिनअघि नै काम शुरू गरेको जानकारी दिए । आगामी ६ महिनाभित्र पुल निर्माण कार्य सक्ने प्रालिको योजना रहेको पनि उनले बताए ।

 वर्ष ६ अंक १५, सोमवार, ४ असोज, २०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement