ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बाह्य पर्यटकको मुख्य गन्तव्य बन्दै मनाङ

२०७९ साउन, ३१  
गण्डकी प्रदेश
NA

मनाङ । बाह्य पर्यटकहरू पछिल्लो समय मनाङलाई मुख्य गन्तव्य बनाएर नेपाल आउने गरेको पाइएको छ । अग्र्यानिक खाद्यवस्तु, प्राकृतिक रहनसहन र रमणीय वातावरणका कारण मनाङमा बाह्य पर्यटकको आकर्षण बढेको हो ।

विदेशी पर्यटक नेपाल आउँदा मनाङलाई भ्रमणको मुख्यसूचीमा समेट्ने गरेका छन् । सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृश्यको अनुभव लिन उनीहरू मनाङ आउने गर्दछन् ।

विगतका दुई वर्ष कोभिडको संक्रमणले पर्यटक आगमन ठप्प भयो । गत आर्थिक वर्षमा भने कोभिडको संक्रमण केही मत्थर हुँदै गएपछि मनाङ भित्रिने बाह्य पर्यटकको संख्या बढेको छ । आव २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने विदेशी पर्यटक बढेको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षमा नेपाल आएका २ लाख ८५ हजार ३६३ बाह्य पर्यटकमध्ये मनाङमा मात्र ७ हजार २० पर्यटक भित्रिए । सो अवधिमा पुरुष पर्यटक ४ हजार ७४९ र महिला पर्यटक २ हजार २७१ जना मनाङ भ्रमणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार गत आवको कात्तिक, चैत र वैशाखमा बढी विदेशी पर्यटक मनाङ भित्रिएका थिए । एक्यापको पर्यटक जाँच केन्द्र धारापानीमा अनुमति प्रवेश लिएको आधारमा उक्त तथ्यांक संकलन गरिएको हो । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement