ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

प्राविधिक शिक्षामा छात्राको आकर्षण

बाली र पशुविज्ञान पढ्न १२ जिल्लाका विद्यार्थी बिममा

२०७९ साउन, ३१  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् । २०६८ सालमा सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले ११ वर्षमा ५०० भन्दा बढी कृषि प्राविधिक उत्पादन गरिसकेको छ । साथै पछिल्लो समय शिक्षालयले भौतिक पूर्वाधारमा समेत उल्लेख्य काम गरेको बताएको छ ।

सूचना र प्रविधिका अत्याधुनिक साधनहरूको प्रयोग गरेर शिक्षा दिँदै आएको शिक्षालयका संयोजक करन कँडेलले बताए । विद्यार्थीहरूलाई किसानका खेतबारी र पशुगोठमै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उनको भनाइ छ ।

शिक्षालयमा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयको तथ्यांकले देखाउँछ । २०६८ मा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटीए, पाँच वर्षअघि (२०७४ सालदेखि) तीनवर्षे आईएससी (एजी) र २०७६ सालदेखि भेटेरिनरी (पशु रोगको चिकित्सा वा उपचारसम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ ।

शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् ।

संयोजक कँडेलका अनुसार हाल शिक्षालयमा ९० जना छात्रा र ५१ जना छात्र अध्ययनरत छन् । हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थी अध्ययनरत छन् । कृषि डिप्लोमामा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि–डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीले कृषि र पशुसम्बन्धी अध्ययन गरिरहेका छन् । मासिक रू. ५ हजारमा आवासीय सुविधासहित गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएकाले विद्यार्थीको चाप बढ्दै गएको संयोजक कँडेल बताउँछन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement