ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

छैटौं न्यूबिज बी–स्कूल रेटिङस्, र्‍याङकिङ्स् एन्ड अवार्डस् : यी हुन् अवार्ड जित्ने ७ प्रदेशका १६ कलेज

२०७९ भदौ, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ १, काठमाडौं । न्यू बिजनेश एज प्रालिले प्रत्येक वर्ष आयोजना गर्दै आएको न्यूबिज बी–स्कूल रेटिङस् र्‍याकिङ एन्ड अवार्डस् कार्यक्रममा विभिन्न ४ विधामा १६ ओटा कलेजहरूलाई अवार्ड प्रदान गरिएको छ । 

७ ओटै प्रदेशका १/१ कलेज, एमबीए/एमबीएस, बीबीए/बीबीएस र बीएचएम विधाबाट ती कलेजहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।

प्रभु बैंक लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौंमा बुधवार आयोजित अवार्ड कार्यक्रममा एमबीए/एमबीएसतर्फ ३, बीबीए/बीबीएसतर्फ ३, बीएचएमतर्फ ३ उत्कृष्ट कलेज तथा सातै प्रदेशका १/१ कलेज सम्मानित भएका हुन् । तीन विधामा १/१ उत्कृष्ट कलेजलाई ट्रफी तथा प्रमाणपत्र एवम् दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रदेशतर्फका उत्कृष्ट कलेजलाई प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । 

विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि उत्कृष्ट बीस्कुल छनोट गरिएको थियो । २ हजार ३०० बीस्कुलमध्ये शुरुको पहिलो चरणमा उनीहरूको वेवसाइटका आधारमा ६०२ ओटा सर्ट लिस्ट गरिएको थियो । विद्यालयको, मिसन, भिजन र स्लोगनलगायतको आधारमा गरिएको दोस्रो चरणको छनोट प्रक्रियामा करीब ३०० ओटा बीस्कुल छानिएका थिए । कम्तीमा ५ वर्षभन्दा बढी अवधिदेखि सञ्चालनमा रहेको आधारमा गरिएको तेस्रो चरणको छनोट प्रक्रियाबाट ८७ बीस्कुल निर्णायक मन्डलले छानेको थियो । 

मुख्य प्रायोजकका साथै यामाहा, महालक्ष्मी विकास बैंक, टाटा नेक्सन, एभरेष्ट बैंक, हामा स्टील, युनाइटेड इन्स्योरेन्स, डिसहोम फाइबर नेट र नेपाली पात्रोले कार्यक्रममा सहकार्य गरेका छन् । 

यी हुन् यस वर्षको अवार्ड तथा सम्मान पाउने बी स्कुलहरू :

अवार्डस्का विधाहरू :

१. प्रोभिन्स लेभल बेस्ट बीस्कुलतर्फ 

सुदूरपश्चिम
कैलाली बहुमुखी क्याम्पस, धनगढी

कर्णाली
सहारा क्याम्पस, वीरेन्द्रनगर 

लुम्बिनी
लुम्बिनी बाणिज्य क्याम्पस, बुटवल 

गण्डकी
नोभेल एकेडेमी, पोखरा

बागमती
प्रेजिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्स, भरतपुर

मधेश
वीरगन्ज पब्लिक कलेज, वीरगन्ज

प्रदेश १
दमक बहुमुखी क्याम्पस, दमक

२. एमबीए/एमबीएसतर्फ
– बेस्ट बीस्कुल अफ नेपाल, एमबीए/एमबीएसतर्फ : काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम), बालकुमारी 
– सेकेन्ड बेस्ट बीस्कुल अफ नेपाल, एमबीए/एमबीएसतर्फ : प्रेसिडेन्सियल बिजनेश स्कुल, बानेश्वर 
– थर्ड बेस्ट बीस्कुल अफ नेपाल, एमबीए/एमबीएसतर्फ : द ब्रिटिश कलेज, थापाथली 

३. बीबीए/बीबीएसतर्फ
– बेस्ट बीस्कुल अफ नेपाल : काठमाडौं कलेज अफ म्यानेजमेन्ट, ग्वार्काे 
– सेकेन्ड बेस्ट बीस्कुल अफ नेपाल : युनिग्लोव कलेज, कमलादी 
– थर्ड बेस्ट बीस्कुल अफ नेपाल : शंकरदेव क्याम्पस, पुतलीसडक 

४. बीएचएमतर्फ
– बेस्ट बीस्कुल अफ नेपाल : नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (नाथम), कालिमाटी
– सेकेन्ड बेस्ट बीस्कुल अफ नेपाल : सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट, लैनचौर
– थर्ड बेस्ट बीस्कुल अफ नेपाल : ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पीटालिटी एजुकेशन, मन्डीखाटार

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement