ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एनएमबि बैंकका ग्राहकलाई बुद्ध र यती एयरको टिकटमा क्यासब्याक

२०७९ भदौ, २  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । एनएमबि बैंकले आफ्ना ग्राहकलाई बुद्ध एयर र यती एयरको टिकट खरीदमा क्यासब्याक दिने भएको छ । बैंकले चाडपर्वलाई लक्षित गर्दै क्यासब्याक योजना ल्याएको हो । योजना लागू भइसकेको बैंकले जानकारी दिएको छ । बैंकका ग्राहकले बुद्घ एयरको टिकटमा ३५० रुपैयाँ र यती एयरको टिकटमा ५०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यसका लागि बुद्ध एयर र यती एयरको एप तथा वेबसाइटबाट बैंकको डेबिट एवं क्रेडिट कार्ड प्रयोग गरी टिकट खरीद गर्नुपर्नेछ । क्यासब्याक पाउन ग्राहकले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्श एक्टिभ गर्नुपर्नेछ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement