ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सनराइज बैंकद्वारा लक्ष्मी माध्यमिक विद्यालयलाई सहयोग

२०७९ भदौ, २  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज बैंकले बुटवलस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई पानी फिल्टर मेशिन सहयोग गरेको छ । बैंकले विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था गर्न फिल्टर हस्तान्तरण गरेको हो ।

बैंकले प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको मेशिन सहयोग गरिएको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बैंकका नायब महाप्रबन्धक अपछकुमार यादव, बुटवल उपमहानगरपालिका–४ का अध्यक्ष नरीश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्वाध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई लगायतको उपस्थिति थियो ।

त्यस्तै विद्यालयकी प्रअ शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थितिमा कार्यक्रम गरिएको बैंकले बताएको छ ।

 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement