ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

ह्वावेको ‘सीड्स फर द फ्युचर २०२२’ सम्पन्न

२०७९ भदौ, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । स्मार्टफोन निर्माता कम्पनी  ह्वावेले ‘सीड्स फर द फ्युचर २०२२’ आयोजना गरेको छ । बुधवार काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरिएको हो । यो ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ । आईसीटीसँग सम्बन्धित विषयमा स्नातक तहका विद्यार्थीलाई लक्षित गरेर उक्त कार्यक्रम गरिएको कम्पनीले बताएको छ ।

ह्वावेले नेपालमा कार्यक्रम शुरू गरेको यो दोस्रो हो । पहिलोपटक थाइल्याण्डमा २००८ मा शुरू गरेको थियो । त्यसयता १३० भन्दा बढी देश र क्षेत्रका १२ हजारभन्दा बढी विद्यार्थी उक्त कार्यक्रममा सहभागी भइसकेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यस वर्ष सो कार्यक्रमका लागि नेपालभरबाट २५६ आवेदन प्राप्त भएका थिए । प्राप्त आवेदनपछि प्राडा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्राडा. सुवर्ण शाक्य र प्राडा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणापत्र र छनोट अन्तरवार्ताका आधारमा सातजना विद्यार्थीलाई छनोट गरिएको कम्पनीको भनाइ छ ।

जुलाईमा छनोट भएका विद्यार्थीले त्यसयता विभिन्न संलग्नतामार्फत नेपालको आईसीटी क्षेत्रमा विभिन्न अवसर पाउँदै आएको बताइएको छ । यसैगरी अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा समेत उनीहरू सहभागी हुन पाउने कम्पनीले बताएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement