ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सुनको भाउ घट्याे, ताेलाकाे कति ?

२०७९ भदौ, २  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २, काठमाडौं । स्थानीय बजारमा बिहीवार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेर ९५ हजार ९०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। यो दिन चाँदी प्रतितोला १५ रूपैयाँले घटेर १ हजार १९५ रूपैयाँ कायम भएको छ । बुधवार चाँदी प्रतितोला १ हजार २१० रूपैयाँमा  किनबेच भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा यो दिन सुनको मूल्यमा उतारचढाव देखिएकाे छ । यो दिन (नेपाली समय अनुसार बिहान ११:४५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७६३ दशमलव ७० डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७६४ दशमलव ९७ डलर रहेकाे थियो । 

त्यसैगरी, डलरकाे मूल्य पनि आज घटेकाे छ । पाँच दिनदेखि लगातार स्थिर रहेको डलरको मूल्य आज घटेको हाे । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ४२ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ७६ पैसा थियो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement