ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बारा पर्सा औद्योगिक करिडोरमा रेल्वे सेवा सञ्चालनको माग

२०७९ भदौ, ३  
१० वर्ष अघि
NA

स्थानीय उद्योगपति एवम् व्यवसायीहरूले औद्योगिक करिडोरमा वीरगन्ज–अमलेखगन्ज सडकको विकल्पका रूपमा रेल्वे लाइन विस्तार गर्नुपर्ने माग गरेका छन् । सो करिडोरमा रेल्वे लाइन विस्तार गर्न सकिए बन्दहडताल, चक्काजामका कारण सडक अवरुद्ध भई कच्चा पदार्थको अभावमा उद्योग बन्द गर्नुपर्ने स्थितिको अन्त्य हुने उनीहरूको भनाइ छ । त्यसबाट उत्पादित वस्तु निकासी गर्न पनि सजिलो हुने उनीहरूले बताएका छन् । वीरगन्जको सुख्खा बन्दरगाहदेखि अमलेखगन्जसम्मको सो करिडोरमा करीब ३५ किलोमिटर रेल्वे लाइन विस्तार गरे पुग्छ ।  भरतीय रेल्वे सञ्जालमा वीरगन्ज सुख्खा बन्दरगाह जोडिइसकेको स्थितिमा अमलेखगन्जसम्म सो लाइन विस्तार गरिएमा सो सञ्जालबाट नेपालले अधिकतम लाभ लिन सक्ने वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अशोक टेमानीको तर्क छ । यसरी सञ्जालमा जोडिँदा भारतका कुनै पनि बन्दरगाह वा शहरबाट सोझै नेपालमा कच्चा पदार्थ ल्याउन र आफ्नो उत्पादन निकासी गर्न सुविधा उपलब्ध हुने उद्योगी व्यवसायीहरूले बताउँदै आएका छन् ।

वर्ष ६ अंक १५, सोमवार, ४ असोज, २०६७

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement