ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

पत्रकारलाई आर्थिक रिपोर्टिङ तालीम

२०७९ भदौ, ३  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर १ ले पत्रकारलाई आर्थिक रिपोर्टिङसम्बन्धी तालीम दिएको छ । आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दी एशिया फाउण्डेशन र साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इन्भायरोन्मेन्ट (सावती)ले संयुक्त रूपमा तालीम दिएका हुन् ।

तालीममा प्रदेश नं १ का ३० जना आर्थिक पत्रकारहरूको सहभागिता थियो । अर्थविद् एवं सावतीका अध्यक्ष डा. पोषराज पाण्डेले बाह्य क्षेत्रमा हुने व्यापार व्यवसायले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने र यसको प्रभाव धेरैओटा क्षेत्रमा पर्ने लगायतका विषयमा जानकारी गराए । तथ्यांक राम्ररी नकेलाउँदा तथ्यपरक जानकारी बाहिर नआउने भएकाले यस्ता तालीम आवश्यक हुने पाण्डेको भनाइ थियो ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement