ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

‘एसबीएल डिबेन्चर २०७९’को कारोबारका लागि सिद्धार्थ बैंक र नेप्सेबीच सम्झौता

२०७९ भदौ, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं । ‘एसबीएल डिबेन्चर २०७९’को कारोबारका लागि सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच सम्झौता गरिएको छ । १० दशमलव ७५ प्रतिशत ब्याजदरको ‘एसबीएल डिबेन्चर २०७९’ नेप्सेमा सूचीकृत भएपछि सोको कारोबारका लागि बैंक र नेप्सेबीच सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरेका थिए । सूचीकृत डिबेन्चर बिहीवारदेखि नै नेप्सको दोस्रो बजारमा कारोबार हुन थालेको छ ।

बैंकले विक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र निष्कासनमा ल्याएको थियो । सर्वसाधारणमा निष्कासन गरिएको ४० लाख कित्ता ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम साउन ३१ गते नेप्सेमा सूचीकृत भइसकेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement