ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

लिवर्टी ईनर्जी कम्पनीको घट्यो नोक्सानी

२०७९ भदौ, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३, काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा गत आवमा नोक्सानी घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. ३ करोड ८५ लाख नोक्सानीमा रहेकोमा गत आवमा घटेर रू. २ करोड ८४ लाखमा झरेको हो । याे अघिल्लो आवभन्दा १ कराेड १ लाख कम हाे । 

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड रहेको छ भने गत आवमा कम्पनीको जगेडा कोष रू. १७ करोड ९३ लाख ऋणात्मक रहेको छ । कम्पनीको नोक्सानी घटेकाले अघिल्लो आवमा प्रतिशेयर आम्दानी रू. २ दशमलव ५७ ऋणात्मक रहेकोमा गत आवमा रू. १ दशमलव ९० ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ६१ रहेको छ । 

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement