ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

विद्युत् विक्री आम्दानीसँगै बढ्याे युनाईटेड इदी-मर्दीको नाफा

२०७९ भदौ, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३, काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आर.वि. हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा ११ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ४ करोड ६० लाख नाफा कमाएकोमा गत आवमा बढेर रू.५ करोड १६ लाख पुगेको हो ।

गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ३८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा विद्युत् विक्रीबापत रू. १३ करोड ४५ लाख आम्दानी गरेकोमा गत आवमा बढेर रू. १८ करोड ६६ लाख पुगेको हो । 

कम्पनीको चुक्तापूँजी रू. ४२ करोड रहेको छ भने गत आवमा कम्पनीले जगेडामा रू. ५ करोड २३ लाख सञ्चित गरेको छ । कम्पनीले अघिल्लो आवमा जगेडामा रू. ८ लाख ४८ हजार सञ्चित गरेको थियो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव २९, मूल्य आम्दानी अनुपात ५९ दशमलव  ४० गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ४७ रहेको छ ।

वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुस्

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement