ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

देशभर कृष्ण जन्माष्टमी मनाइँदै, पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो

२०७९ भदौ, ३  
समाचार
Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

भदौ ३, काठमाडौं । कृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार (आज) ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।

हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन मंगलबजारसँगै देशभरका कृष्ण मन्दिरमा पूजा गर्न आउने श्रद्धालुको भीड लाग्ने गरेकाे छ । वैदिक सनातन धर्मावलम्वीहरूले आजका दिन जाग्राम बसी श्रद्धा, भक्तिपूर्वक कृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । 

आजको दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको कृष्णलीला, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रूपमा आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रमा उल्लेख छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement