ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न सरकार र निजीक्षेत्रको आग्रह

२०७९ भदौ, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकार र निजीक्षेत्रले नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारतको उडिसाबाट नेपाल भ्रमणमा आएको उत्कल चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीबीच भएको छलफलमा उक्त आग्रह गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीवार आयोजना गरेको कार्यक्रममा भारतीय लगानीकर्तालाई नेपालमा लगानीको वातावरण र अवसरबारे जानकारी गराइएको छ । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लगानीको सहजताका लागि कानूनी एवं प्रक्रियागत सुधार गरेको बताए ।

चालू आर्थिक वर्षको बजेटमार्फत प्रत्यक्ष वैदेशिक लगानीको सीमा ५ करोड रूपैयाँबाट घटाएर २ करोड रूपैयाँ कायम गरिएको, एकद्वार नीति अवलम्बन गरिएको भन्दै उद्योगमन्त्री बडूले लगानीका लागि सहज वातावरण बनाइएको अवगत गराए । नेपालको आर्थिक विकासका लागि नेपालको निजीक्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको भन्दै भारतीय लगानीकर्ताले निर्धक्क भएर नेपालमा लगानी गर्न सक्ने बताए । भारतीय लगानीकर्ताका लागि नेपाल महत्त्वपूर्ण लगानी गन्तव्य मुलुक पनि भएको उनको भनाइ छ । 

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले डाबर नेपाल, युनिलिभर नेपाललगायत कम्पनीले शुरूमा गरेको लगानीको तुलनामा धेरै गुणा नाफा गरिसकेको उदाहरण दिँदै लगानीका लागि आग्रह गरे । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement