ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

कृष्ण जन्माष्टमीको रौनक : कृष्ण–राधाको पहिरनमा सजिए बालबालिका [फोटो फिचर]

२०७९ भदौ, ३  
फोटो फिचर
Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

भदौ ३, काठमाडौं । आज कृष्ण जन्माष्टमी । हिन्दू धर्मावलम्बीले यो पर्व धुमधामसँग मनाइरहेका छन् । 

पर्वकै अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भीड लाग्यो । काठमाडौंको हनुमानढोका र ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पनि आज बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको थियो । 

पर्वकै अवसरमा बालबालिका कृष्ण–राधाको पहिरन लगाए । पछिल्लो समय यो पर्वका दिन केटा बच्चालाई कृष्ण र केटी बच्चालाई राधाकाे पहिरन लगाइदिने प्रचलन बढेको छ । 

कुनै ठाउँमा बालबालिकाको कृष्ण–राधाको पहिरन लगाएर नगर परिक्रमा गराइन्छ । 

कृष्ण मन्दिर आसपास बाँसुरी, प्वाँखलगायतका सामान बेच्नेहरू पनि देखिन्थे । बाँसुरी रू. ५० र प्वाँख रू.२० मा बेचेको व्यापारीहरूले बताए । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । 

आजको दिन देशभरका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको कृष्णलीला, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रूपमा आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएकाे छ । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement