ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

घर बनाउने प्री-इन्जिनियर्ड स्टिल प्रविधि : ढलानमा ३० लाख लाग्ने घर २० लाखमै बन्ने, ३ महीनामा पूरा

२०७९ भदौ, ६  
बजार घरजग्गा
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

भदौ ७ काठमाडौं । पछिल्लो समय घर बनाउने अनेकौं प्रविधि बजारमा आएका छन् । त्यो मध्येको एक हो- प्री- इन्जिनियर्ड स्टिल बिल्डिङ (पीईबी) घर ।

छोटो समयमा बनाउन सकिने, ढलान घरभन्दा ३० प्रतिशत लागत सस्तो हुने र भविष्यमा एक ठाउँबाट सजिलै अर्को ठाउँमा लैजान पनि मिल्ने भएकाले विकसित देशमा यस्ता घर निकै प्रचलनमा छन् । 

तर, नेपालमा अहिलेसम्म कंक्रिट ढलान घर मात्रै बलियो घर हो भन्ने आम मानसिकतामा खासै परिवर्तन आइसकेको छैन । त्यसकारण नेपालीहरूको रोजाइमा अन्य प्रविधिका घर भन्दा ढलान घर नै पर्ने गरेका छन् ।

तर, नेपालजस्तो भूकम्पको उच्च जोखिम रहेको देशमा ढलान घरभन्दा नयाँ प्रविधिका हलुकाखाले घर बढी सुरक्षित हुने विज्ञहरूले बताउँदै आएका छन् ।

पछिल्लो समय नेपालमा हुलास स्टिलले पहिलो पटक स्टिल स्ट्रक्चर घर बनाउने प्रविधि भित्र्याएको छ । हिप्को इन्फ्रा सहायक कम्पनी स्थापना गरी प्री-इन्जिनियर्ड स्टिल बिल्डिङ (पीईबी)को उत्पादन र विक्री वितरण शुरु गरेको छ ।

गत वर्ष चैतमै हिप्को सुपरबिल्ड ब्राण्डमा पीईबीको उत्पादन शुरु गरेको कम्पनीले अहिलेसम्म १५ ओटा घरहरू निर्माण गरिसकेको दाबी गरेको छ ।

हिमाल, पहाड र तराईका लागि छुट्टाछुट्टै डिजाइनमा घर निर्माण गरिने हिप्कोका महाप्रबन्धक फेज खानले बताए । डिजाइन अनुसार लागत पनि फरकफरक पर्ने उनको भनाइ छ ।

कंक्रिट घरभन्दा ३० प्रतिशत कम लागतमा निर्माण हुने र कंक्रिट घर बनाउने लाग्ने समयको ३ गुणा कम समयमा निर्माण हुने यसको मुख्य विशेषता रहेको खानले आर्थिक अभियानलाई बताए ।

जस्तो : तराईमा एउटा कंक्रिट घर बनाउन ३० लाख रूपैयाँ खर्च हुन्छ भने उक्त घर हिप्कोमार्फत बनाउँदा २० देखि २२ लाख रूपैयाँमै तयार हुने उनले बताए ।

सफ्टवेयरमार्फत सबै डिजाइन तयार गर्ने र सफ्टवेयर डिजाइनमा देखिएका सामानहरू मात्रै प्रयोग गर्ने कम्पनीको भनाइ छ । सफ्टवेयरले नै कति एमएमको सामान प्रयोग गर्ने, कति उचाई राख्ने, कति तौलकाे हुने लगायतका कुरा देखाउँछ । त्यसै अनुसार कम्पनीले घर निर्माण गर्ने हुलास स्टिलका सञ्चालक हितेश गोल्छाले बताए ।

भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त रहेको नेपालमा कंक्रिट भवनभन्दा स्टिल भवन बढी सुरक्षित हुने कम्पनीको दाबी छ । कम्पनीले बनाउने स्टिलका घर हावा, पानी र घामले असर नगर्ने दाबी गरिएको छ ।

न्युजील्याण्डको उदाहरण दिँदै गोल्छाले भने, ‘न्युजील्याण्डमा पहाडमा कंक्रिट भवन बनाउन पाइन्न । नेपालमा पनि वातावरणमैत्री र सुरक्षित भवन बनाउने हो भने स्टिल संरचना बनाउनुपर्छ ।’

पहाडमा १५ कोठाको भवन बनाउन तीन वर्ष समय लाग्छ । तर, स्टिल संरचना राख्ने हो भने त्यो ३ महीनाभित्र तयार हुनसक्ने उनको भनाइ छ । कम्पनीले नगरकोटमा पीईबी प्रविधिको प्रयोग गरेर एउटा रिसोर्ट  बनाउन शुरु गरेको गोल्छाले जानकारी दिए । 

घर बनाएको ५० वर्षसम्म सजिलै टिक्ने र समय समयमा मर्मत सम्भार गरिरहने हो भने त्योभन्दा बढी समय पनि जान सक्ने महाप्रबन्धक खान बताउँछन् ।

फ्रान्सको राजधानी पेरिसमा सन् १८८६ मा निर्माण गरिएको आइफिल टावर अहिलेसम्म पनि सुरक्षित तरिकाले राखिएको भन्दै नियमित मर्मत सम्भार गरे स्टिल संरचना लामो समयसम्म पनि टिक्न सक्छन् भन्ने त्यो एउटा उदाहरण भएको कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro