ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सुनको मूल्य घट्याे, चाँदीकाे बढ्यो

२०७९ भदौ, २८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । स्थानीय बजारमा सुन मंगलवार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रूपैयाँ कायम भएको छ । सोमवार सुनकाे मूल्य ताेलाकाे ९३ हजार ६०० रूपैयाँ थियो । 

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ३५ रूपैयाँले बढेर १ हजार १८५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ताेलाकाे १ हजार १५० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्यमा उतारचढाव देखिएकाे छ । आज (नेपाली समय अनुसार बिहान ११:१५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७२२ दशमलव ६२ डलर पुगेको छ । सोमवार बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७२५ दशमलव ५० डलर थियो ।

त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ५४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ६४ पैसा थियो । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement