ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

आर्थिक अभियान १७ औं वार्षिकोत्सव विशेष : साहसिक पर्यटनमा प्रभावकारी मार्केटिङ

२०७९ भदौ, २८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar सरिता लामा

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन उद्योगको योगदान ३ दशमलव ५ प्रतिशत छ भनिएको छ । वास्तवमा भन्ने हो भने विदेशी मुद्रा आर्जनलगायत विषयमा खास तथ्यांक नहुँदा योगदान कम देखिएको हामी मान्छौं । मुख्य कुरा कृषिबाट जति उत्पादन हुन्छ, त्यो ट्रेकिङलगायत पर्यटकले नै उपभोग गर्ने भएकाले यी वस्तु अन्तर आत्मनिर्भर छन् । ट्रेकिङ व्यवसाय आत्मनिर्भर व्यवसाय हो । हामी जुन ठाउँमा जान्छौं, त्यही स्थानको वस्तु उपभोग गर्ने हो । 

अर्को प्रक्षेपण के छ भने नेपालमा जब एक जना पर्यटक आउँछ, उसले ९ जनालाई रोजगारी दिन्छ । जस्तो स् पर्यटक विमानस्थलमा उत्रिएर गन्तव्यमा पुग्दा ट्याक्सी, बस तथा अन्य साधन प्रयोग गर्छ । आवासका लागि होटेल, खानका लागि किन्ने उपभोग्य सामग्री, भरियाहरू प्रयोग गर्नेजस्ता पक्षबाट रोजगारी सृजना गरिएको हुन्छ । पर्यटनका अन्य गतिविधिमा पनि यसैमार्फत पर्यटक बाँडिने हुँदा रोजगारी सृजना र आत्मनिर्भरतालाई सघाउन मद्दत गर्छ । तर, पर्यटनको योगदान सही मूल्यांकन भने भएको छैन ।

पर्यटनबाट आत्मनिर्भर हुन हामीले त्यस्तै खालको रणनीति बनाउनुपर्छ । जबसम्म हाम्रो देशको हवाईजहाज अन्तरराष्ट्रिय उडानका लागि पर्याप्त हुँदैनन् तबसम्म हाम्रोमा बजार प्रचारप्रसारका साथसाथै पर्यटक पनि पर्याप्त आउँदैनन् । अहिले पनि प्रत्यक्ष रूपमा अमेरिका जाने, यूरोपीय मुलुक जाने र आसियाना क्षेत्रमा जाने जहाज हाम्रा छैनन् ।


सन् २०१९ मा झन्डै १२ लाखको हाराहारी पर्यटक आए । यसमध्ये ट्रेकिङमा आएकाको वास्तविक तथ्यांक हामीसँग हुन्छ । ट्रेकिङ भनेको सिजनल व्यवसाय हो भने रेमिट्यान्स ९विप्रेषण० पछि धेरै विदेशी मुद्रा आर्जन गर्ने दोस्रो स्रोत पर्यटन क्षेत्र नै हो । हाम्रो मूल्यांकनअनुसार सालाखाला प्रतिव्यक्ति पर्यटकले दैनिक ९५ अमेरिकी डलर खर्च गरेको देखिन्छ । अहिले कतिपय विषयमा खासै उत्साह हुने अवस्था भने छैन । पर्यटकबाट हामीले विदेशी मुद्रा आर्जन त गर्छौं । आम्दानी तथा आत्मनिर्भरतातर्फको यात्रामा पर्यटनलाई प्रमुख मानिए पनि आत्मनिर्भर भन्न सक्ने अवस्था छैन । उनीहरूको खानापिनदेखि अन्य मागका विषय आफ्नै उत्पादनबाट पूर्ति गर्न सकेको अवस्था छैन । 

नेपाल कृषि प्रधान देश भनिए पनि यहाँ उत्पादित वस्तुले मुलुकको माग धान्न सक्दैन । आत्मनिर्भर भनिए पनि हरेक सामग्री विदेशबाट आयात गर्नुपर्ने भयो । आयातित वस्तुको आयतन बढिरहेको छ । यसले गर्दा अन्तरसम्बन्ध भएका कृषि, पर्यटन उद्योग बढी आयातकै भरमा देखिएकाले आम्दानी पनि पुनस् विदेश नै गएको छ । नेपाली उत्पादन ९मुस्ताङको स्याउ नपाउँदा चिनियाँ फुजी स्याउ उपयोग गर्नुपरेको छ ।० ले एकले अर्कोलाई सघाउने हुनुपर्छ । जस्तै स् ट्रेकिङका लागि आवश्यक पर्ने सामग्री स्वदेशमै पाउने हो भने बेलाबेला हुने नाकाबन्दी, विदेशमा हुने अन्य समस्याले असर गर्दैन ।

तर, हाम्रो व्यवसायमा यतिसम्म परनिर्भरता देखिएको छ भने विदेशमा केही हुलदंगा भइदियो भने आवश्यक सामग्रीको आपूर्तिमै समस्या पर्छ । जस्तै स् ट्रेकिङका लागि आवश्यक पर्ने डोरीहरू सबै आयात गर्नुपर्छ । चीनले केही सामग्री उत्पादन गर्न बन्द गरेमा नयाँ सामान आउँदैन भने भएका सामग्रीको मूल्य बढ्ने र स्टकमा भएका सामग्री विक्री गर्दा गुणस्तर खस्किनसक्ने अवस्था हुन्छ । आत्मनिर्भर बन्न एउटा क्षेत्र मात्रै सफल र राम्रो भएर मात्रै पुग्दैन । एकअर्कासँग अन्तरसम्बद्ध वस्तुहरूको उत्पादन र सहायक सामग्रीको उत्पादन बढाउन सरकारको नीति स्पष्ट हुनु जरुरी छ । 

यी सबै पक्ष राम्रो हुन सरकारको नीति स्वदेशी उत्पादन, स्वदेशी व्यवसायलाई प्रवर्द्धन गरी विदेशी मुद्रा आर्जन गरेर देशमै सञ्चित गर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्छ । अर्कोतर्फ हाम्रा राजनीतिज्ञदेखि कर्मचारीहरूले यी कुरा पनि बुझ्न जरुरी छ । सरकारी नीति, नियम बनाउने कर्मचारी तथा नेतृत्ववर्गलाई रारा घुम्न जानुहोस् भन्दा बाहिरका देशमा जान रुचाउनुहुन्छ । आफ्नो ठाउँ नघुम्ने, नचिनाउने र आफ्नो पूर्वाधार नबनाउने तर बाहिर यस्तो छ, उस्तो छ भनेर उदाहरण दिएर मात्रै यहाँको प्रगति सम्भव हुँदैन ।

खासगरी ट्रेकिङ तथा पदयात्रा व्यवसायमैत्री नीति सरकारले कहिले पनि बनाएन । ३ वर्षसम्मको कोरोना र बन्दाबन्दीको अवस्थापछि बल्ल प्रदेश पर्यटन ऐन लागू भएको छ । यद्यपि यसमा पर्यटन तथा ट्रेकिङ व्यवसायीसँग छलफल नै गरिएन । ऐन, नीति नियम व्यवसायमैत्री बनाउनुपर्छ । व्यवसाय गरेर आर्जन गरेको मूल्यमा सरकारले कर लगाउन सक्छ र हामी तिर्न पनि तयार हुन्छौं । तर, कमाउने बाटो नै खुला गरिएको छैन । एकद्वार प्रणाली नहुँदा १० ओटा निकायमा धाउनुपर्छ । संघीयतापछि स्थानीय, प्रदेश र संघबाट ऐन नियम आएका छन् । ती एकआपसमा बाझिएको देखिन्छ । 

प्रदेशबीच समन्वय हुनुपर्छ । अहिले ट्रेकिङ तथा पर्यटन व्यवसाय विस्तारै लयमा फर्किन थालेको छ । तर, चुनौती नभएको भने होइन । लय समात्न थालेको पर्यटनमा अहिले अन्तरराष्ट्रिय रूपमा बढेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि, खाद्यान्न मूल्य वृद्धिले र हवाई सेवामा प्रभाव देखिएको छ । पर्यटन व्यवसाय खासगरी ट्रेकिङ व्यवसायका साना तथा मझौला व्यवसायी आफ्नै बलबुतामा लयमा आएका छन् । मौद्रिक नीतिले यस्ता व्यवसायीलाई समेट्न सकेको छैन भने व्यवसायीले भएका सुविधा उपभोग गर्न पाएनन् । मौद्रिक नीतिले लिएको सहुलियत कर्जा पनि उपभोग गर्न लघु तथा मझौला पर्यटन उद्योगले पाएनन् ।

आत्मनिर्भर बन्नु आफैमा गर्वको कुरा हो, त्यसमाथि व्यवसायमा आत्मनिर्भर हुनु भनेको ठूलो कुरा हो । तर पनि हामी मात्रै मेड इन भयौं तर खानेकुरादेखि लगाउने कुरामा हामी परनिर्भर भएका छौं । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि त्यसलाई हामीले आवश्यकताअनुसार प्रयोग गर्न पनि सकेका छैनौं । जब ट्रेकिङ व्यवसाय शुरू भयो सबै कुरा अग्र्यानिक र नेपालकै उत्पादन थियो । सन् १९५०र६० को दशकदेखि नेपालमा ट्रेकिङ व्यवसाय शुरू भएको मानिन्छ । यद्यपि जब एड्मन हिलारीसहित यहाँका शेर्पाहरू सगरमाथा चढे, त्यसबेलादेखि नै नेपालमा ट्रेकिङ व्यवसायको शुरुआत भएको मानिन्छ । ट्रेकिङ गर्न जानेहरूले उच्च हिमाली भेगमै फलेका अन्नपातबाट नै दैनिकी चलाउँथे । 

उच्च भेगमा पाउने साग, दूध, आलु, छुर्पी, पिठोजस्ता उत्पादनले माग धान्थ्यो । तर, अहिले भने त्यहाँका स्थानीयलाई नै सोही स्थानको उत्पादन भएको वस्तुले पुगेको छैन । पर्यटकको संख्यामा आएको वृद्धिले पनि आयात गर्नैपर्ने अवस्था छ । ट्रेकिङ गरेर जाँदा स्थानीय तहमा आवश्यक पर्ने उत्पादन पाउँछ भन्ने सुनिश्चितता पनि हुँदैन । स्थानीयहरूले कृषिपर्यटन गरिरहेका भए पनि व्यावसायिक रूपमा यसको विकास हुन सकेको छैन । 

ट्रेकिङ रूटमै सडक, रूट छोटियो
ट्रेकिङ रूट अर्थात् पदमार्गको विषयमा दुईओटा चरित्र देखिएका छन् । सडक पूर्वाधार, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत पूर्वाधार स्थानीय तहमा विकास हुनु जरुरी छ । तर, सही तरीकाले विकास नगर्दा पदमार्गहरू बिग्रन पुगेका छन् । हामीले हेर्न सक्छौं, मनाङ र मुस्ताङसम्म पुग्न सडक पूर्वाधार बनाइयो । तर, सडक सुरक्षाका हिसाबले जोखिम भने कायमै छ । अर्कोतर्फ जुन रूटमा ट्रेकिङ हुन्थ्यो, सम्बद्ध निकायले सोही रूटमा नै सडक बनाएका छन् । यसले गर्दा पदयात्रीहरू जान चाहेर पनि सकेका छैनन् । सुरक्षा पनि नहुने र हिँड्दा जीपहरूले धूलो उडाएर यात्रा थप कठिन बनाइदिएको छ ।

डोजरहरूले खन्दा भौगोलिक रूपमा रूटहरू नै बिग्रिएका छन् । २०/ २१ दिनसम्म चल्ने रूट ३ दिनमा सीमित भएको छ । रूटको दूरी घट्दा होटेल तथा लजहरूको आम्दानी सुक्न थाल्यो भने अहिले जीपहरू विकल्पमा आम्दानीको स्रोत भएका छन् । अर्को कुरा ती पदमार्ग प्राकृतिक रूपमा जति सुन्दर थिए, त्यहाँ नै डोजर चलाउँदा पर्यावरण नै खलबलिन पुगेर भूक्षयका साथसाथै कुरूपता थपियो । ट्रेकिङ रूट मासिए । स्थानीय तहले खासगरी विकास गरे पनि वैकल्पिक सडकको पहिचान गर्नुपर्छ न कि पदमार्ग विनाश । विकास र पर्यटनलाई सँगसँगै लैजानुपर्छ । पर्यटक आउनु भनेको स्थानीयको आम्दानी पनि बढ्नु हो । अन्नपूर्ण पदमार्गहरू छोटिएका छन् । यातायातको पहुँच पुगे पनि वैकल्पिक पदमार्गलाई जोगाउन जरुरी छ । 

ट्रेकिङ रूटको खोजी 
हालसम्मका चर्चित रूटहरू यातायात तथा सडक सञ्जालका कारण केही मासिए भने केहीको दूरी अत्यधिक मात्रामा छोटिएको छ । यसलाई पनि संरक्षण गर्दै हामीले पदयात्राका लागि स्थानीय सरकारसँग मिलेर ट्रेकिङ व्यवसायीहरूको सहकार्यमा नयाँ गन्तव्य खोज्न अध्ययन पनि अघि बढाएका छौं । स्थानीय सरकार, टानलगायतबाट ट्रेकिङ रूटको विकास गर्न अध्ययन भइरहेको छ । व्यवसायीहरूको सक्रियतामै मार्दी हिमालदेखि, मनास्लु क्षेत्रमा पर्ने चुम भ्याली, डोल्पा, अपी हिमाल, बडीमालीकाहरू, मुन्दुम ट्रेलजस्ता प्रडक्टमा काम गरिरहेका छौं । खासगरी पश्चिमतर्फका रूटहरूमा बढी काम गर्नुपर्नेछ । विदेशीहरू आधुनिक कुराहरू हेर्न आउने होइनन् । यहाँको स्थानीय लबज, मौलिकता र परम्परा हेर्न आउने हो । 

मार्केटिङमा स्वदेशी जहाज
पर्यटकबाट आत्मनिर्भर हुन हामीले त्यस्तै खालको रणनीति बनाउनुपर्छ । जबसम्म हाम्रो देशको हवाईजहाज अन्तरराष्ट्रिय उडानका लागि पर्याप्त हुँदैनन् तबसम्म हाम्रोमा बजार प्रचारप्रसारका साथसाथै पर्यटक पनि पर्याप्त आउँदैनन् । अहिले पनि प्रत्यक्ष रूपमा अमेरिका जाने, यूरोपीय मुलुक जाने र आसियाना क्षेत्रमा जाने जहाज हाम्रा छैनन् । जबसम्म स्वदेशकै आफ्नै जहाज हुँदैनन्, अरू देशबाट ट्रान्जिट गरेर पर्यटक नेपाल आउन उत्सुक हुँदैनन् । एउटा मात्रै भएको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससँग पनि पर्याप्त मात्रामा विमान छैनन् भने भएकाबाट पनि उडान गर्न सकिएको छैन । कम्तीमा पनि विमानहरू थपेर प्रभावकारी रूपमा उडान गर्नुपर्छ । कतिपय देशबाट पर्यटक आउँदा खाडी मुलुकका साथै भारत या थाइल्यान्डमा ट्रान्जिट पारेर आउनुपर्छ  । यस्ता पक्षमा विशेष ध्यान दिनुपर्छ । क्याराभान डकुमेट्रीबाट डोल्पा चर्चामा आयो । यस्तै गरेर नै केही मिनेटका डकुमेन्ट्री बनाएर प्रभावकारी रूपमा प्रचारप्रसार गरिनुपर्छ । हिमाल, ताल, बाघ, झरना देखाएर प्रचारप्रचार गर्न सक्नुपर्छ । मार्केटिङ रणनीति बनाउन जरुरी छ । भारत र चीनका बीचमा छौं भनेर मात्रै पुग्दैन । गुणस्तरीय पर्यटक ल्याउन पनि उत्तिकै ध्यान दिन जरुरी छ ।

युवाहरू विदेशिने क्रम बढ्दो छ । एउटा दक्ष गाइड उत्पादन गर्न ९ वर्ष लाग्छ । हामीले गुणस्तरीय पर्यटक ल्याउन सके काम अर्थात् रोजगारी दिन सकिन्छ । स्वदेशमा काम दिन नसकेर नै युवाशक्ति विदेशिएका हुन् । आत्मनिर्भर अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिको प्रमुख माध्यममध्येको पर्यटनबाट अधिक लाभ लिन सक्ने आधार प्रशस्त छन् । साहसिक पर्यटनका लागि चिनिएको नेपालको पर्यटनमा अझै प्रभावकारी मार्केटिङ हुनुपर्छ । सरकारीा नीति नियम पर्यटनमैत्री र माटो सुहाउँदो नीति लिएमा युवालाई रोजगारी दिन सकिने आधार तय हुन्छ भने आत्मनिर्भर अर्थतन्त्रमा टेवा पनि पुग्नेछ ।

(लामा ट्रेकिङ व्यवसायी हुन्)

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement