ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

साधना लगुवित्तले माग्यो कर्मचारी, एसईईदेखि स्नातक उत्तीर्णलाई अवसर

२०७९ भदौ, २८  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौ । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले मंगलवार सूचना प्रकाशित गरी वरिष्ठ अधिकृत/अधिकृत/सहायक अधिकृत, सुपरभाइजर/वरिष्ठ सहायक, सहायक/कनिष्ठ सहायक र व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो । यी पदमा एसईईदेखि स्नातक तह उत्तीर्ण गरेकाले आवेदन दिन पाउने छन् । वरिष्ठ अधिकृत पदमा आवेदन दिन स्नातक तह उत्तीर्ण गरेकाे तथा बैंक तथा वित्तीय संस्थामा ४ वर्ष आन्तरिक लेखापरीक्षण विभागमा काम गरेकाेलगायत याेग्यता हुनुपर्नेछ । यस्तै, सहायक प्रशिक्षार्थी पदमा आवेदन दिन चाहनेकाे भने  एसएलसी वा एसईई उत्तीर्ण गरी लघुवित्त क्षेत्र र कम्प्युटरकाे जानकारी भएकाे हुनुपर्ने सूचनामा उल्लेख छ ।  

याेग्यता पुगेका ईच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन संस्थाले आह्वान गरेको छ । 


 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement