ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चिनियाँ नेता ली भेटवार्तामा व्यस्त, ओली–दाहाललाई भेटे, देउवालाई साँझ भेट्दै 

२०७९ भदौ, २८  
समाचार
Image Not Found
तस्वीर : रासस
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेताहरूसँग भेटवार्तामा व्यस्त भएका छन् । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अध्यक्ष ली र र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ । 

भेटमा अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरू राम कार्की र रमेश मल्ल सहभागी थिए । 

यसअघि अध्यक्ष लीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 

अध्यक्ष लीले सभामुख सापकोटासँग सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तापछि द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

अध्यक्ष लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवासँग आज अपराह्न भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ । यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने भोलि शिष्टाचार भेटवार्ता गर्नेछन् । 

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु सोमबार काठमाडौं आएका हुन् । 

अध्यक्ष ली नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । 

अध्यक्ष ली नेतृत्वमा ६७ सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण आगामी बिहीवार विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ । रासस

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement