ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

एनआईसी एशिया बैंकका ग्राहकलाई दराजमा अनलाइन किनमेल गर्दा छूट

२०७९ भदौ, २८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

भदाै २८, काठमाडौं । दशैंको उपलक्षमा दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने ग्राहकहरूलाई छूट प्रदान गर्न एनआईसी एशिया बैंकले दराजसँग सम्झौता गरेको छ । 

भदौ २९ देखि २०७९ असोज ११ सम्म लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरीद गर्दा १५ प्रतिशत वा रू.२ हजारसम्मको छुूट उपलब्ध हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘क्रेडिट कार्डमार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२ हजार ५०० सम्म छूट पाइनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँग सहकार्य गर्दै यस्तो योजना ल्याएको हो ।’ 

आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आई सर्भ एवं एपमार्फत आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको फाइदा उठाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement