ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघमा अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी मेला हुने

२०७९ भदौ, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, विराटनगर नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघ महिनाको  तेश्रो सातामा प्रदेशको राजधानी विराटनगरमा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीको आयोजना हने भएको छ ।
आगामी माघ १९ गते देखि  २८ गते सम्म बिराटनगर महानगरपालीका स्थित  शंकरपुरमार्गमा संचालन गरिने उक्त प्रदर्शनीका लागी जिल्ला प्रशासन कार्यालय मोरंगबाट मिति ०७८ चैत २९ मा स्वीकृत प्राप्त गरि एक्स्पो का कार्यहरु अगाडी बढाइएको आयोजकले जनाएको छ ।
अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीमा   मुलुकका बिभिन्न स्थान तथा बिदेशमा उत्पादन हुने कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्र्रदर्शनी, बिक्री समेत हुनेछ ।  

नया संचार तथा इलेक्ट्र्रोनिक्स प्रबिधिको पहिचान संगै कृषिमा हुदै गएको आधुनिकिकरण स्वास्थ्य मेडिकल क्षेत्रको नया प्रबिधि तथा सामाग्रीको पहिचान र प्रदेशमा स्वदेशी बस्तुको उत्पादनका साथै ब्यवसायिकरण, पर्यटनको संभावना संगै ति स्थानहरुको पहिचान एवं गन्तब्यको सुनिश्चितताको खोजी हुने जनाइएको छ ।प्रदर्शनी स्थलमा आधुनिक ४ वटा डोम रहने छन र त्यसमा ३५० स्टलहरु रहने छन ।

कृषि उत्पादनका बस्तु सेवाको प्रबर्धन गर्ने  पर्यटन बिकाश र स्थानिय उत्पादनलाई बजार ब्यबस्थापनका लागी समेत एउटा महत्वपुर्ण अवसरको रुपमा यो प्रदर्शनि रहने  छ र यसबाट राष्ट्र्रिय तथा अन्तराष्ट्र्र्यि नया लगाानीकर्ताहरु समेत आकर्षित हुने हाम्रो बिश्वास आयोजकले लिएको छ ।

 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement