ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

लगातार ६ कारोबार दिन घटेको नेप्से दोहोरो अंकले बढ्यो, ९२ करोड बराबरको शेयर खरीदविक्री 

२०७९ भदौ, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २१ दशमलव ३० अंकले बढेको छ । परिसूचक १ हजार ९३४ दशमलव शून्य ४ विन्दुमा पुगेको हो ।

यस दिन कारोबारमा आएका २३१ धितोपत्रको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर २० हजार ५२० पटकमा रू. ९२ करोड २५ लाख ७४ हजार ४०९ बराबरको खरीदविक्री भएको छ । लगातार छ दिन घटेको बजार मंगलवार भने बढेर बन्द भएको छ ।

घटेको बजारमा खरीदकर्ता आएसँगै नेप्से परिसूचक बढेको हो । यसो त परिसूचक बढे पनि कारोबार रकम भने त्यति बढ्न सकेको छैन । तर, सोमवारको तुलनामा भने कारोबार रकम बढेको छ । ३२ सय पुगेको बजार १ हजार ९ सयको वरिपरि छ ।

यतिबेला अधिकांश कम्पनीहरूको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक आइपुगेको छ । सोही कारण पनि यतिबेला शेयर खरीद गर्ने उपयुक्त समय भएको विश्लेषकहरू बताउँछन् । बजार बढ्नको लागि लगानीकर्ताको मनोबल सकारात्मक हुनु जरुरी छ ।

बजार सधैंभरि घटिरहने पनि होइन बढिरहने पनि होइन । बजारको ट्रेण्ड हेरर लगानी गर्नुपूर्व कम्पनीको हरेक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने जानकारहरू बताउँछन् । 
पछिल्लो समय लाभांशको सिजन शुरू भइसकेको हुँदा खरीदकर्ता बजारमा हुँदाहुँदै पनि सस्तोमा शेयर विक्री गर्न नचाहनेहरू बढी छन् । सोही कारण पनि पछिल्लो समय दैनिक कारोबार घट्दै गएको एक लगानीकर्ताले बताए । 

कारोबारमा आएका २३१  धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १३६ पुगेको छ । त्यसैगरी दोस्रोमा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ७ दशमलव ७६ प्रतिशत वृद्धि भएर रू. ५२८ पुगेको छ । 

मंगलवार ‘८.५ % नेपाल बैंक डिबेञ्चर २०८७’ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी ९ दशमलव ५९ प्रतिशत घटेको हो । यस ऋणपत्रको शेयर मूल्य प्रतिकित्ता रू. ९२२ दशमलव २० मा झरेको छ । त्यसैगरी दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २ दशमलव १० प्रतिशत घटेर रू. १ हजार ३५१ कायम भएको छ । 

नबिल बैंकको सर्वाधिक शेयर खरीदविक्री भएको छ । यस कम्पनीको रू. ५ करोड ९४ लाख  बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७७० कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रिडी पावर कम्पनी रहेको छ । कम्पनीको रू. ५ करोड ६३ लाख बराबरको खरीदविक्री भएको छ । कारोबारमा आएका १३ओटै समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी वित्त समूहको २ दशमलव १३ प्रतिशत वृद्धि भएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement