ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी गौतमलाई

२०७९ भदौ, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानबिन गर्न गठित प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । 

समितिको मंगलवार सिंहदरवारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । समितिको कामकारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समिति सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समिति सदस्य एवं कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । समितिमा सबै राजनीतिक दलका प्रतिनिधिहरू भएकाले गौतमलाई प्रवक्ता तोक्दा विवाद नआएको उनले स्पष्ट पारे । 

बैठकमा समितिको सूचना गलत ढंगले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले आपत्ति जनाएको थियो ।   

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement