ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

राष्ट्रपति भण्डारीद्वारा ५ ओटा विधेयक प्रमाणीकरण, नागरिकता विधेयक भने ‘होल्ड’ 

२०७९ भदौ, २८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ ओटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । 

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका तथ्यांकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको हो । 

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

तर, संघीय संसदका दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पेश भएको नागरिकतासम्बन्धी विधेयक भने राष्ट्रपति भण्डारीले ‘होल्ड’ गर्नुभएको छ । 

नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको उक्त विधेयक प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकबाट पारित गरी सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएकोमा गत साउन २९ गते राष्ट्रपति कार्यालयबाट सदनमा फिर्ता पठाइएको थियो। 

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक अपूरो रहेको र संविधानसँग बाझिएको भन्दै पुनर्विचार गर्न संघीय संसदमा फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । तर, दुवै सदनमा विधेयकबारे छलफल नै नगरी पारित गरेर राष्ट्रपतिसमक्ष दाेस्राे पटक प्रमाणीकरणका लागि पठाइएको थियो ।

नागरिकतासम्बन्धी विधेयक सदनमा छलफल नै नगरी पुनः पारित गरेर प्रमाणीकरणका लागि पठाइएपछि राष्ट्रपति भण्डारीले असन्तुष्ट रहेको स्रोतले बताएको छ । यही कारण राष्ट्रपति भण्डारीले उक्त विधेयक ‘होल्ड’ गरेकाे हुन सक्ने जानकारहरूकाे बुझाइ छ । 

 

 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement